तेश्रो चरणको विरोध कार्यक्रम अन्र्तगत तीन दिनसम्म आम हड्ताल घोषणा गरेको माओवादीले संघर्षका विस्तृत कार्यक्रम सार्वजनिक गरेको छ । तेश्रो चरणको विरोध कार्यक्रम अन्र्तगत प्रचार प्रसार अभियानमा रहेको माओवादीले आफ्ना सबै जनवर्गीय संगठनलाई समेटेर विरोध कार्यक्रम तय गरेको हो । माओवादीले पुस ५ देखि ३ दिनसम्म देशव्यापी आम हडतालको कार्यक्रम तय गरेको छ । बिरोध तालिका भित्र हेर्नुहोस
यसरी गर्दैछ माओवादीले विरोध
मंसिर १६ गते - विद्यार्थी
· शैक्षिक अधिकारका निम्ति देशव्यापी बृहद प्रदर्शन
मंसिर १८ गते – महिला, सहिद र वेपत्ता परिवार तथा घाइते योद्धा र अपाङ्ग
· महिला – महिलाहरूमाथि भइरहेको हिंसा, भेदभाव, उत्पीडन र अछाममा महिला प्रहरी बलात्कारी मुद्दालाई लिएर ७५ ओटै जिल्ला प्रशासन कार्यालय दिनभर घेराउ
· बेपत्ता परिवार – बेपत्ता नागरिहरूको फोटो प्रत्येक जिल्ला प्रशासन कार्यालय अगाडी प्रदर्शन/टास्ने ।
· महान जनयुद्धका शहीदहरुलाई राष्ट्रिय शहीद घोषणा गर्न दबाब दिने ।
मंसिर १९ गते – दलित/मुस्लिम
· २ घण्टा चक्काजाम -समय ९-११ बजेसम्म) र जन प्रदर्शन
मंसिर २१ गते – सास्कृतिककर्मी/पत्रकार
· पत्रकारको तर्फबाट बिहान ८ बजे र्याली तथा प्रदर्शन ।
· सास्कृतिककर्मीका तर्फबाट दिउसो २ बजे काठमाडौं शान्ति बाटिकामा सास्कृतिक कार्यक्रम गर्ने ।
मंसिर २२ गते – शिक्षक/बुद्धिजीवी/उद्योग व्यवसायी
· शिक्षकका तर्फबाट – देशव्यापी शिक्षणसास्था बन्द
· उद्योग व्यवसायी र बुद्धिजिवीहरुको तर्फबाट अन्तक्रिर्या ।
· देशभरका मुख्य-मुख्य भन्सार कार्यालयमा कठपुतली सरकारलाई कर नतिर्न आहृवानसहित घेराउ -१०-१२ बजेसम्म)
मंसिर २३ गते – युवा/खेलाडी
· रोजगार र स्वरोजगार कार्यक्रमलगायतका विषयलाई लिएर काठमाडौंमा अर्थ मन्त्रालय र देशभरिका कोष तथा लेखा नियन्त्रक कार्यालय घेराउ -बिहान १-१२ बजेसम्म)
· मोटरसाइकल र्याली र जनप्रदर्शन ।
मंसिर २४ गते – मजदुर
·उद्योग कलकारखाना र यातायात हड्ताल ।
मंसिर २५ गते – किसान/सुकुम्बासी/मुक्त कमैया/हलियाद्वारा
· जिल्ला सदरमुकाम जनप्रदर्शन
मंसिर २६-पौष ३ गतेसम्म -
· वाईसीएलको नेतृत्वमा इलामदेखि कञ्चनपुरसम्मको अन्तर्राष्ट्रिय सीमा अवलोकन अभियान संचालन गर्ने ।
पुस ४ गते -
· देशव्यापी संयुक्त मसाल जुलुश गर्ने
SOURCE: ekantipur
Filed under: News
Kathmandu Time
