बृहत् कर्णाली सङ्घीय राज्य बनाइनुपर्ने

सुदूर एवम् मध्यपश्चिमाञ्चल क्षेत्रलाई एक राज्य बनाउनुपर्नेमा राजधानीमा आयोजित एक कार्यक्रममा वक्ताहरूले जोड दिएका छन् । बहृत् कर्णाली सङ्घीय राज्यपरिषद्ले आयोजना गरेको विचार गोष्ठीका वक्ताहरूले सुदूर एवम् मध्यमाञ्चल क्षेत्रका महाकाली, सेती, कर्णाली, भेरी र राप्ती अञ्चललाई राज्यबाट भएको राजनीतिक, सामाजिक, आर्थिक र साँस्कृतिक शोषणबाट मुक्त गर्न यसक्षेत्रका नागरिकबीच एकता, सहयोग, सद्भाव र भाइचाराको भावना कायम [...]